Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

महामारीको उच्च जोखिममा काठमाडौँ, दिनदिनै बढ्दैछ संक्रमण

महामारीको उच्च जोखिममा काठमाडौँ, दिनदिनै बढ्दैछ संक्रमण

  • सोमवार, श्रावण १२ २०७७

  • 800
    SHARES

  • महामारीको उच्च जोखिममा काठमाडौँ, दिनदिनै बढ्दैछ संक्रमण

    काठमाडौँ – काठमाडौँ उपत्यकामा सोमबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका तीनजनामा संक्रमण देखिएको छ।

    यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका १ तथा स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौँका २ जनामा संक्रमण पुष्टि भएको हो।

    लकडाउन खुला गरिएसँगै काठमाडौँ उपत्यका कोरोना भाइरस महामारीको उच्च जोखिममा रहेको विज्ञहरुले बताएका छन् । उनीहरुले लकडाउन खुला भए पनि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन्।

    यस्तै नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । गत चौबिस घण्टामा १३९ जना कोरोना संक्रमित थपिएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ४९५० रहेको छ ।

    गत चौबिस घण्टामा ६२६ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १६हजार ३ सय ७९ पुगेको छ । अहिले १३ हजार ७ सय ५४ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै नेपालमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्सा, धनुषा र बाराका तीन जनाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साको वीरगञ्जमा ६५ वर्षीय भारतीय नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनी मुटु तथा मधुमेहका बिरामी थिए । यस्तै धनुषाको डुमरियाका ३६ वर्षीय पुरुषको पनि मृत्यु भएको उनले बताए ।

    यस्तै बाराको फेटाका ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो । उनी निमोनिया र मष्तिस्कघातका बिरामी थिए ।

    यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।


    सोमवार, श्रावण १२ २०७७०४:५३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij