Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जसपा संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित

जसपा संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित

  • शनिवार, श्रावण १६ २०७८

  • 621
    SHARES

  • जसपा संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेतामा चयन भएका हुनुभएको छ ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले यादवलाई संसदीय दलको नेता चयन हो ।

    यादवको एकल उम्मेदवारी परेको हुँदा निर्विरोध चयन भएको नेता इस्तियाक राईले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यादवको प्रस्तावकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र समर्थकमा महेन्द्र यादव थिए ।

    संसदीय दलको निर्वाचनका लागि नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिमा सुशीला श्रेष्ठ र रमेश यादव रहेका थिए ।

    संसदीय दलको नेता चयन गरिसकेपछि अब सरकारमा सहभागिताबारे छलफल हुने जसपाले जानकारी दिएको छ ।

    निर्वाचन आयोगबाट साउन ११ गते यादव पक्षले आधिकारिकता पाएपछि संसदीय दलको नेता चयन गर्ने पक्रिया थालिएको हो । यसअघि महन्थ

    ठाकुर पक्षले जसपा संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको थियो ।

     


    शनिवार, श्रावण १६ २०७८०३:४५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij