Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ओलम्पिकमा चीनको अग्रता कायमै, जापान र अमेरिका पछि–पछि (तालिकासहित)

ओलम्पिकमा चीनको अग्रता कायमै, जापान र अमेरिका पछि–पछि (तालिकासहित)

  • शनिवार, श्रावण १६ २०७८

  • 1.9K
    SHARES

  • ओलम्पिकमा चीनको अग्रता कायमै, जापान र अमेरिका पछि–पछि (तालिकासहित)

    काठमाडौं – जापान जारी ३२ औँ ग्रीष्मकालीन टोकियो ओलम्पिक खेलकुदमा चीनले अग्रता बढाउँदै लगेको छ । आजसम्मको नतिजाअनुसार चीनले २० वटा स्वर्ण पदक जितिसकेको छ ।

    चीनले अहिलेसम्म २१ स्वर्ण, १२ रजत र ११ कास्यसहित ४छ पदक जित्न सफल भएको छ । शुक्रबारसँग टक्कर दिइरहेका जापान र अमेरिकालाई चीनले विस्तारै पछाडि छाड्न थालेको हो ।

    पदक तालिकाको दोस्रो स्थानमा रहेको आयोजक जापानले शनिबारसम्म १७ स्वर्ण, चार रजत र आठ कास्यसहित २९ पदक जितेको छ ।

    उता अघिल्ला ओलम्पिकमा राज गर्दै आएको अमेरिका अहिलेसम्म तेस्रो स्थानमा छ । उसले आजसम्म १६ स्वर्ण, १७ रजत र १२ कास्यसहित ४५ पदक जितेको छ ।

    Capture.PNG

     


    शनिवार, श्रावण १६ २०७८०४:०८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij