Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको होला: स्वास्थ्यमन्त्री ढकाल

सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको होला: स्वास्थ्यमन्त्री ढकाल

  • सोमवार, श्रावण १२ २०७७

  • 1.0K
    SHARES

  • सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको होला: स्वास्थ्यमन्त्री ढकाल

    काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको टिप्पणी गरेका छन् ।

    सोमबार वीर अस्पतालको १ सय ३१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले यस्तो बताएका हुन् ।

    उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम विदेशीहरुले देखेको तर नेपालीहरुले नदेख्नुमा नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने बताए ।

    उनले भने, ‘हामीले निर्वाह गरेको यो भूमिका विदेशीहरूले देखेका छन्। तर विदेश र स्वदेशमा रहेका नेपालीहरूले यसलाई देख्न सक्दैनन् ।’

    मन्त्री ढकालले अगाडि भने, ‘यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा मोतिबिन्दु लागेको छ कि भन्ने मलाई अनुभूति हुन्छ।’

    उनले शक्ति सम्पन्न राष्ट्रहरुले भन्दा नेपाल सरकारले प्रभावकारी काम गर्न सकेको तर नेपालीहरुले नै नदेखेको बताएका हुन् ।


    सोमवार, श्रावण १२ २०७७०५:३२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij