Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौँको निषेधाज्ञा एकसाता लम्बियो

काठमाडौँको निषेधाज्ञा एकसाता लम्बियो

  • मंगलवार, श्रावण १९ २०७८

  • 974
    SHARES

  • काठमाडौँको निषेधाज्ञा एकसाता लम्बियो

    काठमाडौँ – कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ ।

    उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

    तीनै सीडीओले निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णय समेत गरेका छन् ।

    सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय भएको काठमाडौँका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो।

    अन्य आदेश भने साविककै कायम रहने निर्णय पनि प्रशासनले गरेका छन् । सुरक्षा निकायले नै निषेधाज्ञाको अनुगमन गर्ने भएका छन् ।

    अहिलेको जारी निषेधाज्ञा साउन २० गते मध्यरातसम्म कायमै छ । एकसाताको संक्रमणको परिस्थिति हेरेर निषेधाज्ञाबारे थप निर्णय गरिने प्रमुख जिल्ला अधिकारीहरुले जनाएका छन् ।


    मंगलवार, श्रावण १९ २०७८०५:५१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij