काठमाडौं – नेपाली मुलकी अस्मिता आले मगर इंग्लिस फुटबल क्लब टोटनहममा अनुबन्धित भएकी छिन् । टोटेनहमले शुक्रबार अस्मितालाई अनुबन्धित गरिएको जनाएको छ ।
डिफेन्डर अस्मितालाई टोटनहमले एस्टन भिल्लाबाट अनुबन्ध गरेको हो ।
१९ वर्षीया अस्मिताले टोटेनहमसँग दुई वर्षको सम्झौता गरेकी छिन् । अस्मिता गत सिजन एस्टन भिल्लाको ’प्लेयर अफ द सिजन’ घोषित भएकी थिइन् ।