काठमाडौं – जापानमा जारी टोकियो ओलम्पिकको अन्तिम दिन अमेरिकाले पदक तालिकामा चीनलाई पछि पारेको छ ।
जारी ओलम्पिकमा आज दुई स्वर्ण पदक जित्दै अमेरिकाले पदक तालिकामा ३८ स्वर्णसहित चीनसँगको ३८ स्वर्णसँग बराबरी गरेको हो । तर अमेरिकाले रजत र कास्यमा भने चीनलाई पछाडि पारेको छ ।
अमेरिकाले ३८ स्वर्ण ४० रजत र ३३ कास्यसहित १ सय ११ पदक जितेको छ । चीनले ३८ स्वर्ण ३१ रजत र १८ कास्यसहति ८७ पदक हात परेको छ ।
त्यस्तै आयोजक जापानले २७ स्वर्ण १४ रजत र १७ कास्य जितेको छ । यसैगरी बेलायतले २१ स्वर्ण २१ रजत र २२ कास्य जितेको छ ।
टोकियो ओलम्पिकको अन्तिम दिन अमेरिकाले आज महिला बास्केटबल र साइक्लिङमा स्वर्ण थपेको हो ।



