Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

टि–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी, कुशलसँगै को–को छन् ?

टि–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी, कुशलसँगै को–को छन् ?

  • बुधवार, श्रावण २७ २०७८

  • 1.0K
    SHARES

  • टि–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी, कुशलसँगै को–को छन् ?

    काठमाठौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टि–ट्वान्टी क्रिकेटको वरीयतामा नेपालका चारजना खेलाडी परेका छन् । आइसिसीले आज सार्वजनिक गरेको टि–ट्वान्टीको नयाँ वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन् ।

    नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता यथावत रहेको छ । ब्याटिङ वरीयतामा कुशल ६० औं स्थानमा रहेका छन् । यस अघि उनी ६० औं स्थानमै रहेका थिए ।

    नेपालका पूर्वकप्तान पारस खड्काको वरीयता सुधार भएको छ । पारस ९० औं स्थानमा उक्लिएका छन् । तर, पारसले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन् । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा उक्लिएका छन् ।

    बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७७ औं स्थानमा रहेका छन् । नेपालको टि–ट्वान्टी र एकदिवसीय वरीयता भने यथावत रहेको छ । टि–ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा रहेको छ । नेपाल एकदिवसीय वरीयताको १६ औं स्थानमै छ ।

     


    बुधवार, श्रावण २७ २०७८०३:२०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij