Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्व वरियतामा नेपालको सुधार, बेल्जियम शीर्षस्थानमा कायम

विश्व वरियतामा नेपालको सुधार, बेल्जियम शीर्षस्थानमा कायम

  • बिहिवार, श्रावण २८ २०७८

  • 821
    SHARES

  • विश्व वरियतामा नेपालको सुधार, बेल्जियम शीर्षस्थानमा कायम

    काठमाडौं – फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले अगस्त महिनाका लागि निकालेको पुरुष फुटबल वरियतामा नेपालले चार स्थान सुधार गर्दै १६८औं स्थानमा पुगेको छ । नेपालले कुल ९७२ अंक बटुल्दै सो वरियता हासिल गरेको हो ।

    दक्षिण एसियामा यस महिना वरियता सुधार गर्ने नेपाल एक्लो टोलीसमेत हो । साथै दक्षिण एसियाली राष्ट्रतर्फ नेपाल तेस्रो स्थानमा छ । त्यस्तै फिफा वरियताको १०५औं झरेको रहेको भारत दक्षिण एसियातर्फ शीर्ष स्थानमै छ । यद्यपि, भारत फिफा वरियतामा चार स्थान तल झरेको छ ।

    त्यस्तै साफ च्याम्पियन माल्दिभ्स पनि १० स्थान तल झर्दै १५८औं स्थानमा छ । माल्दिभ्स दक्षिण एसियातर्फ भने दोस्रो स्थानमा छ । फिफा वरियतामा यथावत रहेको भुटान १८७औं स्थानमा छ । यद्यपि, भुटान दक्षिण एसियातर्फ चौथो स्थानमा उक्लिएको छ । र बंगलादेशलाई उछिन्न सफल भएको छ ।

    फिफा वरियतामा आठ स्थान तल झर्न पुगेको बंगलादेश १८८औं स्थानमा छ । र, दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । उता हाल फिफाको कारवाहीमा परे तापनि फिफाले निकालेको वरियतामा पाकिस्तान १९८औं स्थानमा छ भने ६ स्थान तल झरेको श्रीलंका फिफा वरियतामा २०५औं स्थानमा छ ।

    त्यसैगरी, एसियाली राष्ट्रतर्फ फिफा वरियताको २४औं स्थानमा रहेको जापान शीर्ष स्थानमा छ । २६औं स्थानमा रहेको इरान एसियातर्फ दोस्रो स्थानमा छ भने ३५औं स्थानमा रहेको अष्ट्रेलिया तेस्रो स्थानमा छ ।

    त्यस्तै फिफा वरियताको शीर्ष स्थानमा बेल्जियम कामयमै रहेको छ । दक्षिण अमेरिकी महारथी ब्राजिल दोस्रो स्थानमा रहँदा विश्व च्याम्पियन फ्रान्स तेस्रो स्थानमा छ ।

    त्यसैगरी, इंल्याण्ड चौथो, युरोपियन च्याम्पियन इटाली पाचौं र कोपा अमेरिका विजेता अर्जेन्टिना छैटौं स्थानमा छन् ।


    बिहिवार, श्रावण २८ २०७८०३:४०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij