Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

दोहोरी गीत प्रतिष्ठानमा आवद्ध कलाकारहरुले लगाए कोरोनाविरुद्धको खोप

दोहोरी गीत प्रतिष्ठानमा आवद्ध कलाकारहरुले लगाए कोरोनाविरुद्धको खोप

  • सोमवार, श्रावण ३२ २०७८

  • 662
    SHARES

  • दोहोरी गीत प्रतिष्ठानमा आवद्ध कलाकारहरुले लगाए कोरोनाविरुद्धको खोप

    काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आवद्ध कलाकारहरुले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।

    सोमबार नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा प्रतिष्ठानका सदस्यहरुले कोभिड १९ विरुद्धको खोप लगाएको अध्यक्ष रमेश बिजीले जानकारी दिए।

    कोरोनाविरुद्धको खोप लगाउन प्रतिष्ठानमा आवद्ध कलाकारहरु खोप केन्द्र पुगेका थिए ।

    आज करिब २ सय जनाले पहिलो डोज खोेप लगाएका अध्यक्ष बिजीले जानकारी दिए।

    2.jpgकोरोना महामारीमा अग्रपंतिमा रहेर विभिन्न ठाउँमा राहत वितरण गरेका कलाकारहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने प्रबन्ध मिलाइएको उनले बताए।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा प्रतिष्ठानले कलाकारहरुका लागि खोप कार्यक्रम सञ्चालन गरेको हो।

    यसअघि प्रतिष्ठानले खोप लगाउन इच्छुकलाई नाम दर्ता गराउन आह्वान गरेको थियो । आज छुटेकाहरुलाई मंगलबार पनि खोप लगाउने व्यवस्था रहेको बिजीले बताए।

    1.jpg


    सोमवार, श्रावण ३२ २०७८०५:५०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij