काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताका लागि अन्तिम प्रयत्न भइरहेको बताउनुभएको छ ।
काठमाडौंमा उपलब्ध आफ्नो समूहका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले एकताको अन्तिम प्रयत्न भइरहेको बताउनुभयो।
त्यसका लागि उपमहासचिव घनश्याम भुसालले सम्वाद गरिरहेको समेत नेता नेपालले जानकारी दिनुभयो।
तर अध्यक्ष ओलीले सांसदहरुलाई कारबाही गर्ने, केन्द्रीय कमिटीको विवरणहरु पठाउने जस्ता गतिविधि गरे नयाँ पार्टी बनाएर अघि बढ्ने उहाँले बताउनुभएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरुमध्ये ठाकुर गैरे मात्र बोल्नुभएको थियो । उहाँले नेता नेपाललाई विष पिएर भए पनि पार्टीको एकता जोगाउन आग्रह गर्नुभएको छ ।