काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको विभाजन अन्तिम चरणमा आइपुगेको बताउनुभएको छ ।
आफूनिकट केन्द्रीय सदस्य र सांसदहरुसँगको छलफलमा नेता नेपालले अन्तिम समयसम्म कुरा नमिले विभाजन नै विकल्प रहेको बताउनुभएको हो।
उहाँले अध्यक्ष केपी शर्मा ओलीको गतिविधि ठीक नभएपनि अन्तिमसम्म कुरा मिल्यो भने पार्टी एकतावद्ध हुने बताउनुभयो।
‘मलाई केही हुन्छ भन्ने लागेको छैन। घनश्यामजीहरूले अन्तिम प्रयास गर्छौं भन्नुभएको छ। ठीक छ अन्तिम प्रयास गरौँ। कहिलेकाहीँ अन्तिममा कुरा मिल्न पनि सक्छ। कुरा मिलेन भने हामीले नयाँ पार्टी नै बनाउने हो । नयाँ पार्टीका लागि तयार हुनुहोस्’, नेपालले भन्नुभयो।