Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओलीले भनेः नाम कटाएर आउनुस्, सँगै काम गरौँ

ओलीले भनेः नाम कटाएर आउनुस्, सँगै काम गरौँ

  • बिहिवार, भाद्र ३ २०७८

  • 653
    SHARES

  • ओलीले भनेः नाम कटाएर आउनुस्, सँगै काम गरौँ

    काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ दल दर्ता गर्न माधवकुमार नेपाललाई साथ दिएका नेताहरुलाई एमालेमा फर्किन आग्रह गर्नुभउको छ ।

    बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा उहाँले दल दर्ताको निवेदनबाट आफ्नो नाम फिर्ता लिन नेताहरुलाई आग्रह गर्नुभएको हो ।

    ‘त्यो लिस्टबाट नाम कटाउनुस्, तपाईं हामीले बनाएको पार्टी हो आउनुस् काम गरौँ’ उहाँले भन्नुभयो, ‘कसैको व्यक्तिगत स्वार्थ, अहंकार, कुण्ठा र इष्र्याका लागि पार्टी र आन्दोलनलाई कमजोर पार्नु हुन्न ।’

    अध्यक्ष ओलीले निर्वाचन आयोगमा माधव नेपालले बुझाएको सूचीमा आफू नरहेको घोषणा गर्न अप्ठेरो नमान्न पनि नेताहरुलाई आग्रह गर्नुभयो। ‘त्यहाँ आफू नभएको कुरा अप्ठेरो नमानी घोषणा गर्नुस् आउनुस् काम गरौँ। देशको भविष्य बनाऔँ, आफ्नो पनि भविष्य बनाऔँ’ उहाँले भन्नुभयो।

    अध्यक्ष ओलीले कोही अलमल वा भ्रममा परेर गएको भए सम्झाउन पार्टीका नेताहरुलाई आग्रह गनुभयो।

    अहिलेको सत्तारुढ गठबन्धनले एमाले फुटाउने मनसाय राखेर अध्यादेश जारी गरेको भन्दै ओलीले आपत्ति जनाउनुभयो। ‘एमाले फुटाएर कमजोर पार्ने गलत मनसाय राखेर, मान्छे गन्ने जति मान्छे छ त्यति प्रतिशत राखेर अध्यादेश जारी गरियो’ उहाँले भन्नुभयो।

    लामो समयदेखि एमालेविरुद्धको चलेको अभियान निष्कर्षतिर पुग्नै लागेको ओलीले टिप्पणी गर्नुभयो। ‘एक ढंगले केही मान्छेहरु जसको एमाले सिध्याउने उद्देश्य थियो’ उहाँले भन्नुभयो।

    आफूले माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन्छु भन्दा पनि नलिएर अध्यक्ष नै हुनका लागि पार्टी फुटाएको ओलीले बताउनुभयो।


    बिहिवार, भाद्र ३ २०७८०५:५१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij