Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो

  • बुधवार, श्रावण १४ २०७७

  • 801
    SHARES

  • नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो

     

    काठमाडौँ – नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ५० पुगेको छ।

    वीरगञ्जमा थप एकजना संक्रमितको उपचारका क्रममा निधन भएपछि नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५० पुगेको हो।

    वीरगञ्जको कोभिड अस्पतालमा उपचाररत एक ६८ वर्षीय कोरोना संक्रमितको बुधबार मृत्यु भएको छ। साउन ८ गते अस्पताल भर्ना भएका उनी मुटुका रोगी समेत रहेको बताइएको छ।

    यस्तै नेपालमा बुधबार थप २१० जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २१० जना संक्रमित थपिएका बुधबार जानकारी दिए।

    उनका अनुसार योसँगै अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५३६० रहेको छ । प्रवक्ता डा. गौतमले काठमाडौँका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

    पछिल्लो चौबिस घण्टामा देशभर जम्मा ६०३७ जनाको पीसीआर परीक्षण गरिएको थियो । हाल १४ हजार ४सय ७१ जना क्वारेन्टिनमा रहेका प्रवक्ता गौतमले बताए।

    यस्तै कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १४ हजार २१ पुगेको छ । पछिल्लो चौबिस घण्टामा १४६ जना संक्रमण मुक्त भएका गौतमले बताए।


    बुधवार, श्रावण १४ २०७७०५:३१:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij