Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मेस्सीको डेब्यु, एम्बाप्पे चम्किदा पीएजीको जित

मेस्सीको डेब्यु, एम्बाप्पे चम्किदा पीएजीको जित

  • सोमवार, भाद्र १४ २०७८

  • 766
    SHARES

  • मेस्सीको डेब्यु, एम्बाप्पे चम्किदा पीएजीको जित

    एजेन्सी : लियोनल मेस्सीको डेब्यु खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले रेइम्सलाई २–० गोल अन्तरले हराएको हो ।

    messi-psg-debut-1024x654.jpg
    नयाँ सिजन पीएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मेस्सीले ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए । मेस्सीको डेब्यु खेलमा पीएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए ।

    Messi-debut-psg-1024x683.jpg
    खेलको १६ औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा हाकिमीको पासमा एम्बाप्पले दोस्रो गोल गरेका थिए । जित सहित पीएसजीले ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । रेइम्स मात्र ३ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।


    सोमवार, भाद्र १४ २०७८०६:२८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij