Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनद्वारा ओली सरकारले ल्याएको बजेट सच्याउने निर्णय

सत्ता गठबन्धनद्वारा ओली सरकारले ल्याएको बजेट सच्याउने निर्णय

  • सोमवार, भाद्र १४ २०७८

  • 789
    SHARES

  • सत्ता गठबन्धनद्वारा ओली सरकारले ल्याएको बजेट सच्याउने निर्णय

    काठमाडौँ । सत्ता गठबन्धनको सरकारले बजेट सच्याउने भएको छ । सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक बर्ष ०७८\०७९ को बजेट सच्चाउने निर्णय गरेको हो ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आवश्यक कानुन बनाएर बजेट परिमार्जन गर्न सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका हुन् ।

    बैठकमा सहभागी कांग्रेस नेता पूर्णबहादुर खड्का अनुसार मन्त्रिमण्डललाई चाँडो पूर्णता दिनेबारे पनि छलफल भएको छ ।गठबन्धनका सबै पार्टीका सचेतकहरु बसेर प्रतिवेदन तयार गर्ने र त्यसका आधारमा गठबन्धन अगाडि बढ्ने निर्णय भएको उनले जानकारी दिए।
    बैठकमा सरकारले अहिलेसम्म गरेका कामको समीक्षा गरेको खड्काको भनाइ छ।

     

     


    सोमवार, भाद्र १४ २०७८०२:२८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij