Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले दलित संघको अध्यक्ष समेतबाट दिए राजीनामा

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले दलित संघको अध्यक्ष समेतबाट दिए राजीनामा

  • बुधवार, भाद्र १६ २०७८

  • 934
    SHARES

  • कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले दलित संघको अध्यक्ष समेतबाट दिए राजीनामा

    काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले पदबाट राजीनामा दिनुभएको छ ।

    उहाँले कांग्रेस केन्द्रीय सदस्यसहित आफूले सम्हाल्दै आएको नेपाल दलित संघको अध्यक्षबाट समेत राजीनामा घोषणा गर्नुभएको हो ।

    विश्वकर्माले बुधबार विज्ञप्ति जारी गर्दै आसन्न महाधिवेशनमा हुने प्रतिनिधि छनौटदेखि नै दलितको प्रतिनिधित्व नहुनेगरी निर्वाचन निर्देशिका बनाइएको भन्दै राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

    षडयन्त्रमूलक ढंगबाट दलित समुदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका दलित संघका लागि मान्य नहुने विश्वकर्माले बताउनुभएको छ ।

    आफू एक जिम्मेवार सदस्यको हिसाबले यस्ता असमावेशी र शेरबहादुर देउवाको नेतृत्वमा अघि सारिएको समावेशी सिद्धान्त कदमको समेत खिल्ली उडाउने यस्तो नीति लागू हुँदा टुलुटुलु हेरेर बस्न नैतिकरूपमा नमिल्ने भएकाले दुवै पदबाट राजीनामा दिएको उहाँले बताउनुभएको छ ।

    कांग्रेसभित्र विश्वकर्मा सभापति देउवा निकट मानिनुहुन्छ ।


    बुधवार, भाद्र १६ २०७८०५:२२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij