Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सभामुखविरुद्ध ओलीले दिएको मुद्दामा दुवै पक्षलाई झिकाउन आदेश, निर्वाचन आयोगसँग लिखित जवाफ माग

सभामुखविरुद्ध ओलीले दिएको मुद्दामा दुवै पक्षलाई झिकाउन आदेश, निर्वाचन आयोगसँग लिखित जवाफ माग

  • मंगलवार, भाद्र २२ २०७८

  • 568
    SHARES

  • सभामुखविरुद्ध ओलीले दिएको मुद्दामा दुवै पक्षलाई झिकाउन आदेश, निर्वाचन आयोगसँग लिखित जवाफ माग

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने मागसहित दायर गरेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
    आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले १४ जना संघीय सांसद, लुम्बिनी प्रदेश सभाका सदस्य र रिट निवेदक पक्षलाई बोलाउने आदेश दिएको हो ।
    पार्टीले कारबाही गरेका संघीय संसदका १४ जना र लुम्बिनी प्रदेशका २ जनालाई पदमुक्त नगरेको भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । उक्त रिटमा अन्तरिम आदेश दिने वा नदिनेबारे छलफल गर्न दुवै पक्षलाई भदौ २८ गते झिकाउन सर्वोच्चले आदेश दिएको हो ।
    एमाले विभाजन गरेर नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रक्रिया नमिलेको र कानुन विपरीत रहेको भनेर निर्वाचन आयोगविरुद्ध ओलीले दायर गरेको रिटमा भने कारण देखाउ आदेश जारी भएको छ ।
    सर्वोच्चले बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ ।


    मंगलवार, भाद्र २२ २०७८०२:२५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij