काठमाडौं । सरकारले चीनबाट खरीद गरेर ल्याउनबाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपालआइपुगेको छ ।
स्वास्थ्य सेवाविभागको अनुसार आजदिउँसो २ बजे उडानमार्फत उक्त परिमाणको खोप त्रिभुवनविमानस्थलआइपुगेको हो । चीनसँग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो ।
आजआइपुगेको खोप केहीदिनभित्रै नागरिकलाई दिइने स्वास्थ्य सेवाविभागको खोप महाशाखाकानिर्देशक डा. सागर दाहालले बताउनुभयो ।
उहाकाअनुसार अहिलेसम्मको खोप कभरेजदर हेरेर खोप वितरण गर्न लागिएको छ ।
जसअनुसार हिमाली १० जिल्लाका १८ वर्षभन्दामाथिकानागरिकलाई खोप दिने योजनाबनाइएको छ । ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा, र दार्चुलाजिल्लामाखोप अभियान सञ्चालनहुने दाहालको भनाइ छ ।
त्यस्तै, काभ्रे, चितवनमा ३५ वर्षभन्दामाथि, अन्य ५५ जिल्लामा ५५ वर्षभन्दामाथिकानागरिकलाई खोप दिइने छ ।त्यसैगरी, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दामाथिकानागरिकलाईखोप दिइने दाहालले जानकारी दिनुभयो ।