काठमाडौँ – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा नयाँ नेतृत्व चयन भएको छ।
शनिबार काठमाडौंमा भएको अनेरास्ववियुको केन्द्रीय सचिवालयको पूर्ण बैठकले नयाँ नेतृत्व चयन गरेको हो ।
सो निर्णय अनुसार अध्यक्ष पदको जिम्मेवारी सुनिता बराललाई दिइएको छ ।
यस्तै, संगठनको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने, उपाध्यक्षमा कल्पना वाइबा चयन भएका छन् ।
महासचिवको जिम्मेवारी भने समिक बडाललाई दिइएको छ । संगठनमा यसअघि ऐन महर अध्यक्ष थिए ।