Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्तारुढ गठबन्धन चुनावसम्म रहँदैन, यी हुन् विश्लेषकले दिएका पाँच आधारहरु

सत्तारुढ गठबन्धन चुनावसम्म रहँदैन, यी हुन् विश्लेषकले दिएका पाँच आधारहरु

  • शनिवार, आश्विन ९ २०७८

  • 1.0K
    SHARES

  • सत्तारुढ गठबन्धन चुनावसम्म रहँदैन, यी हुन् विश्लेषकले दिएका पाँच आधारहरु

    काठमाडौँ – सत्तारुढ नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आगामी चुनावसम्मै गठबन्धन बनाएर जाने दाबी गरिरहेपनि राजनीतिक विश्लेषकहरुले भने त्यो सम्भव नरहेको बताएका छन् ।

    गठबन्धनमार्फत ओली सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गरेका दाहाल र नेपालले आगामी चुनावसम्मै आफूहरु मिलेर अघि बढ्ने बताइरहेका छन् ।

    तर राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले अहिलेको गठबन्धन चुनावसम्मै कायम रहन्छ भन्ने सकिँने कुनै आधारहरु नरहेको बताउनुभयो ।

    केही दिनअघि मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जुनसुकै मूल्य चुकाएर भए पनि आगामी निर्वाचनसम्म गठबन्धन गरेरै अघि बढ्ने संकल्प आफूहरुले लिएको बताउनुभएको थियो ।

    गठबन्धन भत्काउन थापिएको एमसीसीको पासोलाई परास्त गरेर अघि बढ्ने उहाँको भनाइ थियो ।

    तर नेपालका राजनीतिक दलका नेताहरुको भनाई र गराईमा फराकिलो अन्तर रहेकोले गठबन्धन कायमै रहन्छ भन्न सकिने आधार निकै कमजोर रहेको विश्लेषक केसीले बताउनुभयो ।

    नेकपा एकता भंग, कांग्रेसभित्रको किचलो, मधेसवादी दलहरुको स्वार्थ लगायतका दृष्टान्तले पनि गठबन्धन कायमै रहने आधारलाई कमजोर देखाउने उहाँ जिकिर गर्नुहुन्छ ।

    तर सत्तारुढ नेताहरु भने गठबन्धन गरेरै चुनाव लड्ने बताइरहेका छन् । प्रचण्डपछि आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि केन्द्रदेखि स्थानीय तहसम्मै गठबन्धनलाई मलजल गरिने घोषणा गर्र्नुभयो ।

    अब एकीकृत समाजवादी पनि सरकारमा सहभागी भएर देश हाँक्ने समेत उहाँले बताउनुभयो । सहकार्यको संस्कृति अनुसार आफूहरु चुनावसम्मै गठबन्धन गरेर जाने अध्यक्ष नेपालले बताउनुभयो ।

    तर अर्का राजनीतिक विश्लेषक डा. लोकराज बराल मन्त्रिमण्डल गठन गर्न नसक्नेहरुले आगामी चुनावसम्मै गठबन्धन टिकाउँछौँ भनेर गरेको घोषणा सजिलै पत्याउन नसकिने बताउनुभयो ।

    भागबण्डाको सानो–सानो विषयमा किचलो गरिरहने दलका नेताहरुले एमालेविरुद्धको गठबन्धनलाई जोगाइराख्न बाध्यता भए पनि तत्काल यसै हुन्छ भन्न सजिलो नरहेको उहाँले बताउनुभयो ।

    तर प्रमुख विपक्षी नेकपा एमालेका नेताहरु भने चुनावअघि नै गठबन्धन भत्किने कुरामा लगभग ढुक्क छन् ।

    माओवादी, समाजवादी र जसपालाई भएका सबै सिटमा भाग दिएर आफू कमजोर हुने गरी नेपाली कांग्रेसले गठबन्धन नगर्ने उनीहरुको बुझाई छ ।


    शनिवार, आश्विन ९ २०७८०७:३७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij