Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा थपिए १,२८२ जना कोरोना संक्रमित, ७ को मृत्यु

२४ घण्टामा थपिए १,२८२ जना कोरोना संक्रमित, ७ को मृत्यु

  • सोमवार, आश्विन ११ २०७८

  • 868
    SHARES

  • २४ घण्टामा थपिए १,२८२ जना कोरोना संक्रमित, ७ को मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा संक्रमण देखिएको जनाएको छ ।
    यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १ हजार २६२ जना संक्रमणमुक्त भएका छन् ।
    नेपाल आज थपिएकासँगै संक्रमितको कुल संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ । ती मध्ये ७ लाख ६२ हजार ४१६ जना निको भएका छन् भने ११ हजार १०१ जनाको मृत्यु भइसकेको छ ।
    मन्त्रालयका अनुसार हाल देशभर १८ हजार ८४८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १७ हजार ५३५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३१३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसमध्ये ३८५ जना आईसीयू र १२५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २५६ जना क्वारेन्टिनमा रहेका छन् ।


    सोमवार, आश्विन ११ २०७८०४:४०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij