Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा १,१५८ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

पछिल्लो २४ घण्टामा १,१५८ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

दैनिक संक्रमित भन्दा निको हुनेको संख्या बढि
  • मंगलवार, आश्विन १२ २०७८

  • 500
    SHARES

  • पछिल्लो २४ घण्टामा १,१५८ जनामा कोरोना संक्रमण, १२  को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १ हजार ३१८ जना निको भएका छन् ।

    नेपालमा आज थपिएकासँगै संक्रमितको कुल संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ । योसँगै ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ११५ जनाको मृत्यु भइसकेको छ ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ जना रहेका छन् । जसमध्ये १७ हजार १२५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ती मध्ये ३६४ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    मंगलवार, आश्विन १२ २०७८०४:४९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij