Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विराटनगर १४ दिनका लागि लकडाउन

विराटनगर १४ दिनका लागि लकडाउन

  • शुक्रवार, श्रावण १६ २०७७

  • 729
    SHARES

  • विराटनगर १४ दिनका लागि लकडाउन

    मोरङ । विराटनगरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि १४ दिने लाकडाउनको घोषणा गरिएको छ । विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ । शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १ सय ७ पुगेको हो ।

    संक्रमितको संख्या बढेपछि महानगरमा शुक्रबार राति १२ बजेदेखि दुई सातासम्मका लागि लकडाउन गरिएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।

    विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीकाअनुसार शुक्रबार विराटनगर–५ का २ जना, विराटनगर–२ का २ जना, ६ का १ जना, ११ का २ जना, १२ का २ जना, १७ का २ जना र अन्य १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    महानगरपालिकाले यसअघि नै लकडाउन गर्न जोड गरेपनि प्रदेश सरकारले अनुमति दिएको थिएन । शुक्रबार कोरोना रोकथामका लागि प्रदेश सरकारले स्थानीयतहरुलाई आवश्यकता अनुसार कदम चाल्न सक्ने गरी बाटो खोलिदिए पछि महानगरले लकडाउनको घोषणा गरेको हो ।


    शुक्रवार, श्रावण १६ २०७७०४:०९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij