Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा १०३० जनामा कोरोना संक्रमण पुष्टि , कुन जिल्लामा कति थपिए ?

२४ घण्टामा १०३० जनामा कोरोना संक्रमण पुष्टि , कुन जिल्लामा कति थपिए ?

  • सोमवार, आश्विन १८ २०७८

  • 731
    SHARES

  • २४ घण्टामा १०३० जनामा कोरोना संक्रमण पुष्टि , कुन जिल्लामा कति थपिए ?

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका अनुसार आज थपिनेमा सबैभन्दा धेरै काठमाडौंमा २२६, कास्कीमा ८७, ललितपुरमा ६२, झापामा ५४ जना छन् ।
    यस्तै मोरङमा ४३, भक्तपुरमा ३८, रुपन्देहीमा ३६, चितवनमा ३०, सुनसरीमा २३, कैलालीमा १९, नवलपरासी पुर्व, स्याङजा र बाँकेमा १०÷१० जनामा संक्रमण पुष्टि भएको छ ।
    यस्तै सोहि अवधिमा संक्रमणका कारण १० जनाको मृत्यु भएको छ भने १ हजार जना निको भएका छन् ।
    आज थपिएकासंगै हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९८ हजार ४ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९२ हजार २५२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ७० हजार २२४ जना निको भएका छन् भने मृत्युहुनेको संख्या ११ हजार १७४ पुगेको छ ।
    मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ३५१ जना आईसीयू र ११८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    सोमवार, आश्विन १८ २०७८०५:५१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij