Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज किन हुन सकेन मन्त्रिपरिषद् विस्तार?

आज किन हुन सकेन मन्त्रिपरिषद् विस्तार?

  • बिहिवार, आश्विन २१ २०७८

  • 497
    SHARES

  • आज किन हुन सकेन मन्त्रिपरिषद् विस्तार?

    काठमाडौँ – घटस्थापनाका दिन मन्त्रिपरिषद् विस्तार गरेर शपथ दिलाउने भन्दै झ्याली पिटिए पनि सत्तारुढ गठबन्धनमा देखिएको खटपटले आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार धकेलिएको छ ।

    मन्त्रालय र मन्त्रीहरुको नाम टुंग्याउन बसेको सत्ता गठबन्धनको आजको बैठक निष्कर्षमा नपुगी सकिएको हो ।

    सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डाको मोटामोटी सहमति भए पनि दलहरुको आन्तरिक किचलोका कारण आज मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताइएको छ ।

    मन्त्रीको भागबण्डामा सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसमा सबैभन्दा धेरै आन्तरिक किचलो छ ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ३ मन्त्री आफ्नो समूहबाट हुनुपर्ने भन्दै लिएको अडान प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेको विषय बाहिर आएको छ ।

    तर वरिष्ठ नेता पौडेलले भने आफ्नो समूहबाट कुनै समस्या नरहेको दाबी गर्नुभयो । न्यायोचित हुनुपर्ने कुरा आफूले उठाए पनि अरुतिरका समस्या आफूहरुतिर सोझ्याउन उचित नहुने उहाँले बताउनुभयो ।

    अहिले नेकपा माओवादी केन्द्र बाहेक अरु दलहरुले मन्त्री बन्नेहरुको नाम टुंगो लगाउन सकेका छैनन् । माओवादीले भने सरकारमा पठाउनहरुको नाम टुंग्याएको छ ।

    हिजो बसेको स्थायी कमिटी बैठकले माओवादीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको थियो ।

    आफूहरुले ५० प्रतिशत महिलालाई समेटेर सरकारमा पठाएको अध्यक्ष प्रचण्डले बताउनुभयो । यद्यपि आजै शपथ हुने भन्दै उहाँले गरेको दाबी भने पूरा हुन सकेन ।

    असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएका शेरबहादुर देउवाले कैयौं दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा आलोचना खेप्दै आउनुभएको छ ।

    गत मंगलबार नै मन्त्रालयको भागबण्डा टुंगिएको बताइए पनि एकीकृत समाजवादीभित्र असन्तुष्टि सिर्जना भएको थियो ।

    यद्यपि, आजको बैठकले प्रदेश १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरेको बताइएको छ ।


    बिहिवार, आश्विन २१ २०७८०७:१४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij