Nov 02 2026 | २०८३, कार्तिक १७ गते

२०८३, कार्तिक १७ गते
  • यो साता चर्चामा :
images

कृतिपुरमा आरोग्य सप्ताह सुरु, आज निःशुल्क परीक्षण गरिने

कृतिपुरमा आरोग्य सप्ताह सुरु, आज निःशुल्क परीक्षण गरिने

  • शुक्रवार, कार्तिक १२ २०७८

  • 683
    SHARES

  • कृतिपुरमा आरोग्य सप्ताह सुरु, आज निःशुल्क परीक्षण गरिने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल कृतिपुरले आरोग्य सप्ताह २०२१ आयोजना गरेको छ । धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवश २०७८ को अवसरमा आरोग्य सप्ताह आयोजना गरिएको क्याम्पस प्रमुख सह–प्राध्यापक डा. शिवमंगल प्रसादले जानकारी दिनुभयो ।

    सप्ताहको उद्घाटन आयुर्वेद क्याम्पस परिसर कृतिपुरमा कृतिपुर नगरपालिकाकी उप मेयर सरस्वती खड्काले गर्नु भएको थियो । उद्घाटन समारोह पश्चात क्याम्पस परिसरमा सरसफाई एवं बृक्षारोपण कार्यक्रम भएको थियो ।

    उद्घाटन समारोहमा आयुर्वेद चिकित्सा परिषद नेपालका अध्यक्ष डा. सन्तोष कुमार ठाकुरले यस्ता कार्यक्रमले आयुर्वेद चिकित्साप्रतिको आकर्षण बढाउने विश्वास व्यक्त गर्नु भयो ।

    आरोग्य सप्ताह अन्तर्गत यही कार्तिक १२ गते आज शुक्रबार शिक्षण अस्पताल परिसर कृतिपुरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क मधुमेह परिक्षण एवं रक्तदान कार्यक्रम हुने भएको छ ।

    त्यसैगरी कार्तिक १४ गते आइतबार अन्तर्राष्ट्रिय वेबिनार, १५ गते सोमबार राष्ट्रिय स्तरको पोष्टर प्रतियोगिता र १६ गते धन्वन्तरी पूजा एवं समापन कार्यक्रम रहेको छ ।


    शुक्रवार, कार्तिक १२ २०७८०९:३२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij