Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

यू–२३ एसियन कप छनोटमा आज नेपाल र लेबनान भिड्दै

यू–२३ एसियन कप छनोटमा आज नेपाल र लेबनान भिड्दै

  • आइतवार, कार्तिक १४ २०७८

  • 446
    SHARES

  • यू–२३ एसियन कप छनोटमा आज नेपाल र लेबनान भिड्दै

    काठमाडौँ- ताजिकिस्तानमा भइरहेको एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज (आइतबार) लेबनानसँग प्रतिस्पर्धा गर्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल र लेबनानबीचको खेल साँझ ४ः४५ बजे सुरु हुने छ ।

    नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाइँ मात्र हुने छ । किनकि दुबै टिम अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् । तर, लेबनानविरुद्ध मैदान उत्रँदा नेपाल सान्त्वना जितको खोजीमा हुने छ । नेपाल जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ । लेबनान पनि नेपाललाई हराएर छनोटको सुखद अन्त्य गर्न चाहन्छ ।

    छनोटको समूह ’बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो ।


    आइतवार, कार्तिक १४ २०७८०६:३७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij