काठमाडौँ । पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ अन्तर्गत ग्रुप २ को मंगलबार राति भएको खेलमा नामिबियालाई ४५ रनले पराजित गरेपछि पाकिस्तान एक खेल अगावै अन्तिम चारमा पुगेको हो ।
पाकिस्तानले यसअघि भारत, न्युजिल्याण्ड र अफगानिस्तानलाई पराजित गरेको थियो । पाकिस्तान ४ जितपछि ८ अंक जोडेर शीर्ष स्थानमा छ । पाकिस्तानले अब सुपर १२ मा स्कटल्याण्डसँग खेल्न बाँकी छ ।
सुपर १२ मा नामिबियाको यो दोस्रो हार हो । अबुधाबीमा भएको खेलमा पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ५ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।