Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

टी–ट्वान्टी विश्वकप : साविक विजेता वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो

टी–ट्वान्टी विश्वकप : साविक विजेता वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो

  • शुक्रवार, कार्तिक १९ २०७८

  • 526
    SHARES

  • टी–ट्वान्टी विश्वकप : साविक विजेता वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो

    काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा साविक विजेता वेस्ट इन्डिज बाहिरिएको छ । सुपर १२ को समूह १ अन्तर्गतको खेलमा श्रीलंकाले वेस्ट इन्डिजलाई २० रनले पराजित गरेको हो ।

    १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै केवल १ सय ६९ रन जोड्न सक्यो । पराजयसँगै वेस्ट इन्डिजको सेमिफाइनल प्रवेश गर्ने झिनो सम्भावना पनि समाप्त भएको छ । चार खेल खेलेको वेस्ट इन्डिजले केवल एक खेल जितेको छ ।

    श्रीलंका भने एक खेलमा जित र तीन खेलमा पराजय भोग्दै प्रतियोगिताबाट पहिल्यै बाहिरिसकेको थियो । बिहिबारको खेलमा वेस्ट इन्डिजका लागि सिमरोन हिटम्यानले सर्वाधिक ८१ रन जोडे । निकोलास पुरन ४६ रनमा आउट भए ।

    श्रीलंकाका वानिन्दु सिल्भा, विनुरा फर्नान्डो र चमिका करुणारत्नेले समान २–२ विकेट हात पारे । दुसमन्था चमिरा र दासुन सनकाले एक–एक विकेट लिए ।

    यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन जोड्न सफल भयो । श्रीलंकाका लागि चरिथ असालांकाले सर्वाधिक ६८ रनको योगदान गरे । पाथुम निसांकाले ५१ रन जोड्दा कुशल पेरेरा २९ रनमा आउट भए । वेस्ट इन्डिजका आन्द्र रस्सलले सर्वाधिक २ विकेट हात पार्दा ड्वायन ब्राभोले एक विकेट लिए ।

     


    शुक्रवार, कार्तिक १९ २०७८०६:४५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij