Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
टी–ट्वान्टी विश्वकप

पाकिस्तानको अपराजित यात्रा कायमै, स्कटल्यान्डमाथि शानदार जित

पाकिस्तानको अपराजित यात्रा कायमै, स्कटल्यान्डमाथि शानदार जित

  • सोमवार, कार्तिक २२ २०७८

  • 431
    SHARES

  • पाकिस्तानको अपराजित यात्रा कायमै, स्कटल्यान्डमाथि शानदार जित

    काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानले स्कटल्यान्डमाथि ७२ रनको शानदार जित हात पारेको छ । स्कटल्यान्डमाथिको जितसँगै पाकिस्तानले सुपर १२ को समूह २ अन्तर्गत आफूले खेलेको पाँचवटै खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

    पाकिस्तान समूह २ को विजेता बन्दा न्यूजिल्यान्ड उपविजेता टोलीको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह १ को विजेताको रुपमा इंग्ल्यान्ड र उपविजेताको रुपमा अष्ट्रेलिया अन्तिम चारमा प्रवेश गरिसकेका छन् । अब सेमिफाइनलमा पाकिस्तानले अष्ट्रेलिया तथा न्यूजिल्यान्डले इंग्ल्यान्डको सामना गर्ने छन् ।

    आइतबारको खेलमा पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १ सय १७ रन जोड्न सक्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले चार विकेट गुमाएर १ सय ८९ रन जोडेको थियो ।


    सोमवार, कार्तिक २२ २०७८०६:४६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij