काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत भारतले नामिवियामाथि शानदार जित दर्ता गरेको छ । सुपर १२ को समूह २ अन्तर्गतको खेलमा भारतले नामिवियालाई ९ विकेटले पराजित गरेको हो । १ सय ३३ रनको लक्ष्य भारतले एक विकेट गुमाएर १५ दशमलब २ ओभरमा पुरा गर्यो । भारतको जितमा रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान गरे । केएल राहूलले ५४ तथा सूर्यकुमार यादवले २५ रन जोडे ।
नामिवियाका जान फ्रालिङचे एक विकेट हात पारे । यस अघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको नामिवियाले निर्धारित ओभरमा ८ विकेट गुमाउदै १ सय ३२ रन जोडेको थियो । नामिवियाका लागि डेभिड वाइजीले सर्वाधिक २६ तथा स्टेफन वार्डले २१ रन जोडे । भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान तीन–तीन विकेट हात पार्दा जसप्रित बुमराहले दुई विकेट लिए ।
सेमिफाइनल दौडबाट बाहिरिसकेका कारण भारत र नामिविया दुबैका लागि यो खेल केवल औपचारिकतामा मात्र सिमित भएको थियो । समूह २ बाट विजेताको रुपमा पाकिस्तान र उपविजेताको रुपमा न्यूजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।