Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

टी–ट्वेन्टी विश्वकप : न्युजिल्याण्ड पहिलो पटक फाइनलमा

टी–ट्वेन्टी विश्वकप : न्युजिल्याण्ड पहिलो पटक फाइनलमा

  • बिहिवार, कार्तिक २५ २०७८

  • 525
    SHARES

  • टी–ट्वेन्टी विश्वकप : न्युजिल्याण्ड पहिलो पटक फाइनलमा

    काठमाडौँ । न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार अबुधाबीमा इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड पहिलो पटक विश्वकपको फाइनल पुगेको हो ।

    १ सय ६७ रनको लक्ष्य न्युजिल्याण्डले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डको जितमा डेरिल मिसेलले अविजित रहदै सर्वाधिक ७३ रनको योगदान गरे । डेभोन कानवेले ४६, जेम्स निसामले २७ रन बनाए । अन्यको प्रर्दशन खासै उल्लेख्य रहेन । इङ्ल्याण्डका क्रिस वाक्स र लाम लिभिङस्टोनले समान २ तथा आदिल रासिदले १ विकेट हात पारे ।

    यसअघि, दुबईको अबुधाबीमा न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ्गमा उत्रिएको इङ्ल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । इङ्ल्याण्डका लागि मोइन अलीले अर्धशतकीय इनिङ्स खेले । उनले ५१ रन जोडे । ३७ बलको सामाना गरेका उनले ३ चौका र २ छक्काको मदतले सो रन बनाएका हुन् ।

    यस्तै, डेविड मलानाले ४१, जोनी बेयरस्टो १३ र जोस बटलरले २९ र लियाम लिभिङस्टोन १७ रन जोडे । इयान मोर्गान ४ रनमा अविजित रहे । न्युजिल्याण्डका टिम साउथी, एडम मिल्नी, इश सोढी र जेम्स नासमले समान १–१ विकेट लिए । उपाधिका लागि न्युजिल्याण्डले अष्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग खेल्ने छ ।


    बिहिवार, कार्तिक २५ २०७८०६:१६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij