Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

टी–ट्वान्टी सिरिज खेल्न राष्ट्रिय महिला टिम कतार प्रस्थान गर्दै

टी–ट्वान्टी सिरिज खेल्न राष्ट्रिय महिला टिम कतार प्रस्थान गर्दै

  • आइतवार, कार्तिक २८ २०७८

  • 676
    SHARES

  • टी–ट्वान्टी सिरिज खेल्न राष्ट्रिय महिला टिम कतार प्रस्थान गर्दै

    काठमाडौँ । कतारसँगको टी ट्वान्टी सिरिजका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज आइतबार त्यसतर्फ प्रस्थान गर्दै छ । विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपालले कतारसँग तीन म्याचको टी ट्वान्टी सिरिज खेल्न लागेको हो ।

    नेपाल क्रिकेट संघ क्यानका अनुसार राष्ट्रिय महिला क्रिकेट टिम बिहान ९ बजेर १० मिनेटमा कतार प्रस्थान गर्ने छ । कतारमा नेपालले त्रिकोणात्मक सिरिज खेल्ने समेत क्यानले जनाएको छ ।

    नेपाली टिमले भर्खरै बंगलादेशमा तयारी सकेर स्वदेश फर्किएको थियो । बंगलादेशमा रहँदा नेपाली टिमले बंगलादेशको स्थानीय टिमसँग त्रिकोणात्मक सिरिज खेलेको थियो । नेपाली टिमले सो सिरिज जितेको थियो ।

    क्यानले विश्वकपको एसिया छनोटका लागि नेपाली टिम नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने जनाएको छ । नेपाली टिम १४ सदस्यीय रहेको छ ।


    आइतवार, कार्तिक २८ २०७८०६:३१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij