Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजबाट

राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजबाट

  • आइतवार, कार्तिक २८ २०७८

  • 1.0K
    SHARES

  • राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजबाट

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आज बाट सुरु हुँदै छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा दिउँसो २ बजेबाट महिला टोलीको प्रशिक्षण सुरु हुने नेपाल भलिबल संघले जनाएको छ ।

    प्रशिक्षणका लागि संघले २० खेलाडीलाई बोलाएको छ । एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि महिला टोलीले तयारी थाल्न लागेको हो । महिला टोलीले प्रशिक्षक जगदिश भट्ट र भरत यादवको नेतृत्वमा तयारी गर्ने छ ।

    बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुने छ । नेपाली महिला टोलीले २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो । संघले पुरुष टिमको प्रशिक्षण भने केहि दिनपछि सुरु गर्ने जनाएको छ ।


    आइतवार, कार्तिक २८ २०७८०६:५९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij