Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बुटवल पुगेर खाँणले भने–देउवालाई जिताउनैपर्छ

बुटवल पुगेर खाँणले भने–देउवालाई जिताउनैपर्छ

  • बुधवार, मंसिर १ २०७८

  • 670
    SHARES

  • बुटवल पुगेर खाँणले भने–देउवालाई जिताउनैपर्छ

    बुटवल – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए पार्टी र सरकारमा द्वन्द्व निम्तिने बताउनुभएको छ । आज भैरहवामा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा खाँणले पार्टी सभापतिमा शेरबहादुर देउवालाई नै जिताउनुपर्ने बताउनुभयो ।

    ‘पार्टी सभापति एउटा र प्रधानमन्त्री अर्को व्यक्ति हुँदा त्यसले पार्टी र सरकार दुबै ठाउँमा द्वन्द्व पैदा गर्छ’ खाँणले तर्क गर्नुभयो, ‘अहिले प्रधानमन्त्री देउवा भएकाले सभापतिमा पनि उहाँलाई नै जिताउनुपर्छ ।’

    वर्तमान सरकारले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने संकल्प लिएको बताउँदै उहाँले हतियार नबुझाएका शक्तिलाई हतियार बुझाउन आग्रह गर्नुभयो ।

    विप्लव समूहसँग वार्ता अघि बढिसकेकाले उनीहरुको राजनीतिक मागलाई सम्बोधन गरेर राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकार लागिपरेको पनि उहाँले बताउनुभयो ।


    बुधवार, मंसिर १ २०७८०७:१९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij