Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सहिद स्मारक ‘ए’ डिभिजन लिग आजदेखि सुरु हुने

सहिद स्मारक ‘ए’ डिभिजन लिग आजदेखि सुरु हुने

उद्घाटन खेलमा सातदोबाटो युथ र फ्रेन्ड्स क्लब भिड्दै
  • शुक्रवार, मंसिर ३ २०७८

  • 696
    SHARES

  • सहिद स्मारक ‘ए’ डिभिजन लिग आजदेखि सुरु हुने

    काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा ललितपुरका दुई टोली सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।

    खेल बेलुका पौने पाँच बजेदेखि सुरु हुनेछ । लिग फुटबलको इतिहासमा फ्लडलाइटमा पहिलो पटक खेल हुन लागेको हो । सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेको हो । डिभिजन ‘बी’ को उपाधि विजेता सातदोबाटो यसै वर्ष शीर्ष लिगमा बढुवा भएको हो ।

    फ्रेन्ड्स क्लबले ‘ए’ डिभिजन लिग खेले पनि उपाधि जित्न भने सकेको छैन । आजदेखि सुरु हुने लिगमा १४ टोलीको सहभागी हुनेछन् । यसपटक सातदोबाटो, फ्रेन्ड्स क्लबसहित जावलाखेल, पुलिस, त्रिभुवन आर्मी, एनआरटी, एपीएफ, मछिन्द्र, बिग्रेड, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, च्यासल, सङ्कटा र हिमालयन शेर्पाले प्रतिस्पर्धा गर्नेछन् ।

    लिगको पुछारका दुई टोली रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् । अघिल्लो पटक लिगको उपाधि मछिन्द्र क्लबले जितेको थियो । लिग विजेताले ७५ लाख तथा उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछ ।


    शुक्रवार, मंसिर ३ २०७८०७:२९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij