Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

  • शनिवार, मंसिर ४ २०७८

  • 890
    SHARES

  • ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेलहरु हुँदैछन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन शेर्पा र संकटाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

    आज दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा रहेका छन् । हिमालयन शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ । संकटाको कप्तानी रबि सिलवालले गर्ने छन् ।

    यस्तै दोस्रो खेलमा ललितपुरका दुई क्लब थ्री स्टार र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र च्यासलबीचको ललितपुर डर्बी भिडन्त ४:४५ बजे सुरु हुनेछ ।

    उपाधि दाबेदार थ्री स्टार र च्यासल पहिलो खेलमा जित निकाल्दै सिजनको सुरुआत सुखद बनाउन चाहन्छ । त्यसैले दुई छिमेकी प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

    थ्री स्टारमा मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले लिगमा टिमको लक्ष्य उपाधि रहेको बताएका छन् । च्यासलका मुख्य प्रशिक्षक बालगोपाल साहुखलले टिमको लक्ष्य शीर्ष चार रहेको बताएका छन् ।

    थ्री स्टार बिक्रम लामाको कप्तानीमा मैदान उत्रने छ । यस्तै च्यासलको कप्तानी अनुभवी खेलाडी बिराज महर्जनले गर्ने छन् ।

    लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

    यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् ।

    लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् ।


    शनिवार, मंसिर ४ २०७८०६:३३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij