काठमाडौँ । कारोबारको पहिलो दिन आइतबार (आज) नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७.५३ अंकमा झरेको छ । अघिल्लो चार दिन उकालो लागेको सेयर बजार कारोबारको अन्तिम दिन बिहीबार पनि घटेको थियो ।
नेप्से सूचक घटेसंगै कारोबार रकम पनि घटेको छ । अघिल्लो हप्ताको अन्तिम दिन बिहीबार ६ अर्ब रुपियाँ भन्दा माथि कारोबार भएकोमा आज चार अर्बको हाराहारीमा मात्र कारोबार भएको छ ।
आइतबार क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.७५ अंकले घटेर ५१८.२५ विन्दुमा पुगेको छ । यस दिन २२५ कम्पनीको चार अर्ब ३५ करोड ७३ लाख रुपियाँ बराबरको ७८ लाख ९४ लाख ४६८ कित्ता सेयर निकबेच भएको छ ।
आज कारोबारमा आएका जलविद्युत र उत्पादनबाहेकका सबै उपसमूह घटेका छन् । जलविद्युत १३ र उत्पादन उपसमूह ९६ अंकले बढे । बैंकिङ ५, ब्यापार ५८, होटल तथा पर्यटन ५०, विकास बैंक ६, फाइनान्स १९, निर्जीवन बीमा ६४, अन्य ३८, माइक्रोफाइनान्स १७ र जीवन बीमा उपसमूह १४० अंकले घटे ।
समग्र बजार घट्दा ६२ कम्पनीको मूल्य बढ्यो । ११५ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको स्थिर रह्यो । दुई कम्पनीहरु नारायणी डेभलपमेन्ट बैंक र मानुसी लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।