Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कारोनाका २३८ जना संक्रमित थपिए, ३७० जना निको

कारोनाका २३८ जना संक्रमित थपिए, ३७० जना निको

  • आइतवार, मंसिर ५ २०७८

  • 825
    SHARES

  • कारोनाका २३८ जना संक्रमित थपिए, ३७० जना निको

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ३७० जना निको भएका छन् ।

    आज थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या ९ लाख १४ हजार ३३३ पुगेको छ । ती मध्ये ११ हजार ४९६ जनाको मृत्यु भएको छ भने ८ लाख ३५९ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर ७ हजार १६४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ हजार ६९६ जना होम आइसोलेसनमा रहेका छन् भने ४६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २२७ जना आईसीयू र ५१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    आइतवार, मंसिर ५ २०७८०४:५६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij