Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ए डिभिजन लिग : बराबरीमा रोकियो आर्मी र पुलिसबीचको खेल

ए डिभिजन लिग : बराबरीमा रोकियो आर्मी र पुलिसबीचको खेल

आजै हुने अर्काे खेलमा मच्छिन्द्र र एनआरटी भिड्ने्
  • सोमवार, मंसिर ६ २०७८

  • 617
    SHARES

  • ए डिभिजन लिग : बराबरीमा रोकियो आर्मी  र पुलिसबीचको खेल

    काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन्।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार (आज) भएको खेलमा आर्मी र पुलिसले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

    प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती एक गोलको अग्रता उल्टाएर आर्मीले पुलिससँग बराबरी खेलेको हो । पुलिसका सन्तोष हेमरामले सुरुआती गोल गरे भने आर्मीका विवेक बस्नेतले बराबरी गोल फर्काएका थिए ।

    तर, दुबै टोलीले दोस्रो हाफमा गोल निकालेको थियो । पहिलो हाफमा दुबै टोलीले गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।
    खेलको ५१ औं मिनेटमा सन्तोष हेमरामले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तेज तामाङको फ्रिकिकमा उनले हेडरमार्फत गोल गरेका थिए ।

    आर्मीले ६१ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। आर्मीका लागि विवेक बस्नेतले बराबरी गोल गरे। उनले डिबक्स बाहिरबाट हानेको प्रहारलाई पुलिसका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन्।

    खेलको ८७ औं मिनेटमा आर्मीका टेक बहादुर बुढाथोकीले गोल गरेका थिए । तर, उनी अफसाइड रहेपछि उनको गोलले मान्यता पाएन । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

    यस बराबरीसँगै आर्मी र पुलिसले १–१ अंक पाएका छन् । खेलमा आर्मीका सेसेहाङ आङदेम्बे प्लेयर अफ दि म्याच घोषित भए ।

    यस्तै आजै पौने ५ बजे सुरु हुने खेलमा मच्छिन्द्र क्लब र न्युरोड टिम एनआरटी भिड्नेछन् । साविक विजेता मच्छिन्द्र क्लबलाई पहिलो खेलमा आफ्नै छिमेकको एनआरटीले टक्कर दिन लागेको हो ।


    सोमवार, मंसिर ६ २०७८०३:२४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij