Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आयोगको निर्देशनलाई प्रचण्डको प्रतिवाद : शिक्षकलाई राजनीति गर्न नदिए पार्टी सिस्टम कोल्याप्स हुन्छ

आयोगको निर्देशनलाई प्रचण्डको प्रतिवाद : शिक्षकलाई राजनीति गर्न नदिए पार्टी सिस्टम कोल्याप्स हुन्छ

  • मंगलवार, मंसिर ७ २०७८

  • 1.3K
    SHARES

  • आयोगको निर्देशनलाई प्रचण्डको प्रतिवाद : शिक्षकलाई राजनीति गर्न नदिए पार्टी सिस्टम कोल्याप्स हुन्छ

    काठमाडौँ – निर्वाचन आयोगले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन भन्दै दिएको निर्देशनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवाद गर्नुभएको छ ।

    आयोगले शिक्षक र कर्मचार्रीलाई दलको सदस्यको जिम्मेवारी दिइएको पाइएमा जिम्मेवारीबाट हटाउन मातहतका निर्वाचन कार्यालयलाई निर्देशन दिएकै दिन प्रचण्डले शिक्षकहरू थप सक्रिय भएर राजनीतिमा लाग्नुपर्ने बताउनुभएको हो ।

    राजनीतिक दलका महाधिवेशनमा सरकारी कर्मचारी र शिक्षक निर्वाचित भएको र उम्मेदवार बनेको भन्ने समाचार सार्वजनिक भएकोप्रति ध्यानाकर्षण भएको बताउँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले त्यस्ता क्रियाकलाप रोक्न निर्देशन दिनुभएको थियो ।

    तर आयोगले विज्ञप्ति जारी गरेर यस्तो निर्देशन दिएकै दिन पूर्वप्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुने दाबी गर्नुभयो ।

    शिक्षकले राजनीति गर्नुहुँदैन भनेर जबरजस्ती बहस सिर्जना गर्न खोजिएको उहाँले बताउनुभयो ।
    नेपालमा भएका सबै पार्टीहरूलाई शिक्षकहरूले नै स्थापित गरेको प्रचण्डको दाबी छ ।

    अब शिक्षकहरुले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक अरू केही नहुने प्रचण्डले जिकिर गर्नुभयो ।

    तर निर्वाचन आयोगले भने शिक्षकरूले राजनीतिक दलको सदस्यता लिन नपाउने प्रष्ट व्यवस्था रहेको बताएको छ ।

    प्रवक्ता पौडेलले शिक्षक र कर्मचारी राजनीतिक दलको प्रतिनिधि अथवा अन्य कुनै पदाधिकारीमा निर्वाचित भएको पाइए आयोगले अध्यावधिक नगर्ने चेतावनी दिनुभयो ।


    हुन त शिक्षकहरुले गाउँ गाउँमा राजनीतिक जागरण फैलाएको प्रचण्डको दाबी अमान्य हैन । तर शिक्षकहरू राजनीतिमा लागेकै कारण विद्यालयको पढाइ डामाडोल भएको यथार्त पनि कसैले भुल्नु हुँदैन ।


    मंगलवार, मंसिर ७ २०७८०७:१९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij