Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप २७० जनामा कोरोना पुष्टि, ३०२ जना निको

थप २७० जनामा कोरोना पुष्टि, ३०२ जना निको

  • शुक्रवार, मंसिर १० २०७८

  • 475
    SHARES

  • थप  २७०  जनामा कोरोना पुष्टि, ३०२ जना निको

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ७ हजार ८२९ पीसीआर र दुई हजार ६१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ५२७ पुगेको छ । हाल नेपालमा ७ हजार २८७ जना सक्रिय संक्रमित छन् ।

    गत २४ घण्टामा ३०२ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख एक हजार ७२२ पुगेको छ ।

    पछिल्लो सोहि अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ ।


    शुक्रवार, मंसिर १० २०७८०५:१६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij