Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाल आईसीसी महिला टी–ट्वान्टी विश्वकपको छनोटबाटै बाहिरियो

नेपाल आईसीसी महिला टी–ट्वान्टी विश्वकपको छनोटबाटै बाहिरियो

युएईसँग ४८ रनले पराजित
  • आइतवार, मंसिर १२ २०७८

  • 684
    SHARES

  • नेपाल आईसीसी महिला टी–ट्वान्टी विश्वकपको छनोटबाटै बाहिरियो

    काठमाडौँ । नेपाल आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत युएईसँग ४८ रनले पराजित भएपछि नेपालको ग्लोबल छनोटको यात्रा समाप्त भएको हो ।

    प्रतियोगिता अन्तर्गत नेपालले पाँच मध्ये केवल तीन खेलमा जित हात पार्न सक्यो । नेपाल यस अघि हङकङसँग पराजित भएको थियो ।
    जितका लागि चाहिएको १ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरको २ बल बाकी छदा अलआउट हुदै केवल ७९ रन बनाउन सक्यो ।

    नेपाललाई पराजित गरेको युएईले लगातार ५ खेल जित्दै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ ।

    यस अघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

    नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । भुटानलाई ८ विकेट, कुवेतलाई ९ विकेट र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । युएई ५ खेलमा १० अंकका साथ ग्लोबल छनोटमा पुगेको छ । नेपाल ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर बाहिरियो ।


    आइतवार, मंसिर १२ २०७८०२:५२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij