Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल

‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल

  • सोमवार, मंसिर १३ २०७८

  • 771
    SHARES

  • ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल

    काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आज सोमबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दोस्रो चरण अन्तर्गतको अन्तिम दुई खेलहरु हुनेछन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र एनआरटीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

    आज ब्रिगेड लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपीएफलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । ब्रिगेड ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । एनआरटी पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा एनआरटी साविक विजेता मछिन्द्र एफसीसँग २–१ गोल अन्तरले पराजित भएको थियो । अंक विहीन एनआरटी १२ औं स्थानमा रहेको छ ।

    लिग अन्तर्गत नै दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसी र उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र आर्मीबीचको खेल ४ः४५ बजे सुरु हुनेछ । मछिन्द्र आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । मछिन्द्रले पहिलो खेलमा एनआरटीलाई २–१ ले हराएको थियो । मछिन्द्र ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

    आर्मी भने पहिलो जितको खोजीमा हुनेछ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । आर्मी १ अंक जोडेर आठौं स्थानमा रहेको छ ।


    सोमवार, मंसिर १३ २०७८०६:२५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij