Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाका २५९ जना संक्रमित थपिए, २६४ जना निको

कोरोनाका २५९ जना संक्रमित थपिए, २६४ जना निको

  • सोमवार, मंसिर १३ २०७८

  • 428
    SHARES

  • कोरोनाका २५९ जना संक्रमित थपिए, २६४ जना निको

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र २ हजार ६ सय ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २६४ जना निको भएका छन् ।

    आज थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या ९ लाख १६ हजार ६०९ पुगेको छ । तीमध्ये ११ हजार ५२४ जनाको मृत्यु भएको छ भने ८ लाख २ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल ६ हजार ९४४ जना सक्रिय संक्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा देशभर १ लाख ४४ हजार ५३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

     

     


    सोमवार, मंसिर १३ २०७८०४:३८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij