Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘ए’ डिभिजन लिग फुटबल:आजदेखि तेस्रो चरणका खेल सुरु हुँदै

‘ए’ डिभिजन लिग फुटबल:आजदेखि तेस्रो चरणका खेल सुरु हुँदै

  • शुक्रवार, मंसिर १७ २०७८

  • 988
    SHARES

  • ‘ए’ डिभिजन लिग फुटबल:आजदेखि तेस्रो चरणका खेल सुरु हुँदै

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शुक्रबारदेखि तेस्रो चरणको खेल सुरु हुँदैछ ।

    काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टारबीच हुने खेल दिउँसो एक बजेदेखि सुरु हुनेछ ।

    त्यस्तै आज हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपीएफ क्लब खेल्दैछन् ।

    सातदोबाटो र एपीएफबीचको खेल बेलुका पौने ५ बजे सुरु हुनेछ । फ्रेन्ड्स २ खेलमा १ अङ्कका साथ दशौँ स्थानमा रहेको छ । थ्री स्टारको दुई खेलमा ३ अङ्क छ । थ्री स्टार अङ्कतालिकामा सातौँ स्थानमा छ । त्यस्तै सातदोबाटो दुई खेलमा ४ अङ्कका साथ छैटौँ र अङ्कविहीन रहेको एपीएफ १३ औँ स्थानमा छ ।


    शुक्रवार, मंसिर १७ २०७८०६:५५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij