Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

शशांकले छाडे सभापतिको दाबी, पौडेललाई समर्थन

शशांकले छाडे सभापतिको दाबी, पौडेललाई समर्थन

  • मंगलवार, मंसिर २१ २०७८

  • 1.1K
    SHARES

  • शशांकले छाडे सभापतिको दाबी, पौडेललाई समर्थन

    काठमाडौं – नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा शेरबहादुर देउवालाई परास्त गर्न शशांक कोइरालाले सभापतिको दाबी छाड्नुभएको छ ।

    गणेशमान भवन चाक्सीबारीमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न बसेको बैठकमा महामन्त्री सशांक कोइरालाले रामचन्द्र पौडेललाई समर्थन जनाउनुभएको हो ।

    ‘रामचन्द्रजी सिनियर पनि हो । मलाई उहाँले एकपटक सहयोग गर्नुस् भन्नुभएको छ । उहाँकै नेतृत्वमा चुनावमा जान उपयुक्त हुन्छ ’, बैठकपछि कोइरालाले भन्नुभयो ।

    ‘मैले वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि सभापतिको दाबी छाडेँ । रामचन्द्रजीले पनि एक पटक मेरो लागि छोडिदिनु भन्नु भएको छु, कोइरालाले भन्नुभयो, ‘तर अरु मिलेमा उहाँले पनि छोड्ने संकेत गर्नुभएको छ।’

     


    मंगलवार, मंसिर २१ २०७८०७:०४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij