Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘ए’ डिभिजन लिग फटबलमा आज दुई खेल हुँदै

‘ए’ डिभिजन लिग फटबलमा आज दुई खेल हुँदै

  • बुधवार, मंसिर २२ २०७८

  • 1.1K
    SHARES

  • ‘ए’ डिभिजन लिग फटबलमा आज दुई खेल हुँदै

    काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको तेस्रो चरण अन्तर्गत आज दुई खेलहरु हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ । हिमालयन र पुलिसबीचको खेल दिउँसो १ बजे सुरु हुने छ ।

    हिमालयन आज पहिलो जित निकाल्ने योजनासहित मैदान उत्रने छ । हिमालयनले अघिल्लो दुई खेलमा जित निकाल्न सकेको छैन । हिमालयन २ खेलमा १ अंक जोडेर १२ औं स्थानमा रहेको छ । पुलिस भने दोस्रो जितको खोजीमा हुने छ । पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

    यस्तै दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ । जावलाखेल र मछिन्द्रबीचको खेल पौने ५ बजे सुरु हुने छ । आज दुबै टिम तीन अंक जोड्ने योजनामा हुने छन् । जावलाखेल आज पहिलो अंकको खोजीमा समेत रहेको छ ।

    जावलाखेलले २ खेलमा अंक जोड्न सकेको छैन । अंक विहीन जावलाखेल लिगको १३ औं स्थानमा रहेको छ । साविक विजेता मछिन्द्र भने दोस्रो जितको खोजीमा रहेको छ । मछिन्द्रले २ खेलमा ४ अंक जोडेको छ । मछिन्द्र छैटौं स्थानमा रहेको छ ।


    बुधवार, मंसिर २२ २०७८०६:३१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij