Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा ८८ अंकको पहिरो, सबै उपसमूह राताम्मे

सेयर बजारमा ८८ अंकको पहिरो, सबै उपसमूह राताम्मे

  • आइतवार, मंसिर २६ २०७८

  • 835
    SHARES

  • सेयर बजारमा ८८ अंकको पहिरो, सबै उपसमूह राताम्मे

    काठमाडौँ । साताको पहिलो दिन आइतबार (आज) शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ ।

    नेप्से परिसूचक ८८ दशमलव ७० अंकले घटेर २ हजार ३ सय ६१ दशमलव २७ बिन्दुमा झरेको छ । आज समग्र नेप्से ३.६२ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जानकारी दिएको छ । ३ हजार २ सय माथि पुगेको नेप्से परिसूचक केही महिनादेखि लगातार घटिरहेको छ ।

    आज ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १५ दशमलव १५ अंकले घटेर ४ सय ५० दशमलव ०८ विन्दुमा ओर्लिएको छ ।

    कारोबार रकममा पनि आज उत्साह देखिएन । दिनभर भएका ५१ हजार ८ सय ४४ कारोबारबाट २२८ कम्पनीका ७४ लाख ६० हजार ८ सय ७४ कित्ता शेयर किनबेच भएका छन् । जसबाट ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५ सय २० रुपैयाँको कारोबार भएको छ ।

    आज ब्यापार र विकास बैंकका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । व्यापार समूहको उपसूचक ७ प्रतिशतले घटेको छ भने विकास बैंकको पनि ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।

    आज सबैभन्दा धेरै व्यापारिक र विकास बैंक समूहको सेयर मूल्य सबै भन्दा धेरै घटेको छ । यता १९ करोड ७७ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा मञ्जुश्री फाइनान्स अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रोमा नेसनल हाइड्रोपावर र नबिल बैंक परेका छन्।

    आज कारोबारमा आएका २२८ कम्पनीमा १२ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको सेयर मूल्य घटेको छ ।


    आइतवार, मंसिर २६ २०७८०४:२४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij